हेटौंडामा गणतन्त्र खारेजीको माग गर्दै र्‍याली !

 कोरखबर   १४ मंसिर, २०७७



मङ्सिर १४, हेटौंडा । हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै आइतबार हेटौंडामा र्या‍ली निकालिएको छ । २०४७र२०४७ को संविधान पुनः स्थापना अभियानको अगुवाइमा र्या‍ली निकालिएको हो ।

हेटौंडाको हुप्राचौरबाट निस्किएको र्याली हेटौंडा बजार परिक्रमा गर्दै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो । देशव्यापी अभियनको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि ¥याली आयोजना गरिएको अभियानका संयोजक किशोरी महतोले बताए । र्या‍लीमा राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायतमा आबद्ध व्यक्तिको सहभागिता रहेको थियो। 

¥यालीमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्या‍ली जुलुस निकालिंदै आएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post