बलात्कार आरोपी सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश !

 कोरखबर   १४ मंसिर, २०७७



मंसिर १४, काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्‍णदास गिरीलाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा।आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

२०७६ माघ ९ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

सिद्धबाबाबाले उच्च अदालतको आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतको आदेशलाई सदर गर्दै थुनामा पठाउन आदेश दिएको हो । सिद्धबाबामाथि आफ्नै आश्रममा एक अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post