मंसिर १२,काठमाडौं । प्रहरीले बागलुङ र नुवाकोटबाट १८ थान भरुवा बन्दुक बरामद बरामद गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका ५ सिपस्थित जंगलमा लुकाई राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका २, हर्पुखोला टोलको जंगलबाट ९ थान एकनाले भरुवा बन्दुक समेत गरी १७ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।
यस्तै नुवाकोटको मेघाङ गाउँपालिका १, बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको एकथान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । -प्रतिकात्मक तस्बिर