व्यक्ती हत्या गरी फरार अभियुक्त ७ वर्षपछि पक्राउ !

 कोरखबर   १२ मंसिर, २०७७



मंसिर १२,काठमाडौं । ६ मातातीर्थका सानोकाजी तामाङको हत्या गर्ने २८ वर्षीय विशाल तामाङ पक्राउ परेका हुन्।  विशाल तामाङलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले मकवानपुर हेटौंडा उपमहानगरपालिका(१८ फल्केचौरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले उनी मकवानपुरगढी बासपानीमा लुकेर बसिरहेको भन्ने सूचनाको आधारमा परिसरबाट प्रहरीको टोली खटिएको थियो। उनलाई प्रहरीले बिहीबार पक्राउ गरी काठमाडौंमा ल्याएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

२०७० साल पुस १२ गते सानोकाजीकी श्रीमती पूर्ण लक्ष्मी तामाङ र विशाल तामाङले मिलेर उनको हत्या गरेका थिए। घटनापछि उच्च अदालत पाटन ललितपुरले २०७४ जेठ ३० गते १८ वर्ष ३ महिना १७ दिन कैद सजाय सुनाएको थियो। 

मृतककी श्रीमती भने अझै फरार रहेको प्रवक्ता विष्टले बताए। विशाल तामाङमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने तयारी भइरहेको उनले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post