भारतीय विदेश सचिव श्रृंगला आजै स्वदेश फर्किने !

 कोरखबर   १२ मंसिर, २०७७



मंसिर १२,काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय सहयोगमा बनेका विद्यालयको उदघाटन उनी गोरखा जान लागेका हुन् ।

सचिव श्रृङ्गला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले संयुक्त रुपमा भवन उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

सचिव श्रींगलाले गोरखा नगरपालिका १० को छेपेटारको तारा माध्यामिक विद्यालय, वडा नं. ९ को महालक्ष्मी माध्यामिक विद्यालय र वडा नं. ८ को रत्नलक्ष्मी माविको भवन उद्घाटन गर्ने छन् ।

गोरखामा २६ हजार ९ सय १२ घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता अनुसार २५ हजार १७ घर बनिसकेको छ भने तीन वटा विद्यालयको पुनःर्निर्माण सम्न्पन भएको छ । श्रींगला तीनै विद्यालयको उदघाटन गर्न जान लागेका हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post