संवैधानिक आयोगलाई पूर्णता दिन निर्देशन !

 कोरखबर   ११ मंसिर, २०७७



मंसिर ११,काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति गर्न निर्देशन दिएको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक आयोग, निकायमा पदपूर्ति नभए संविधान नै पूर्ण नहुने भन्दै संविधान पालनाका लागि पनि आयोगले पूर्णता पाउनुपर्ने बताउनुभयो ।

यस्तै, समितिले समावेशी ऐन निर्माणका लागि संसदमा विधेयक ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको तर्फबाट बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक परिषद्को बैठक बस्न बहुमत नपुग्दा नियुक्तिमा ढिलाइ भएको बताउनुभयो ।

तर, समितिले भने बहुमत पुग्ने वा नपुग्ने विषय व्यवस्थापिकाको नभइ कार्यपालिकाकै भएको भन्दै रिक्त पदमा अविलम्ब पदपूर्ति गर्न निर्देशन दिएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post