दाङमा हावाबाट बिजुली उत्पादनको तयारी, परीक्षण सफल !

 कोरखबर   ११ मंसिर, २०७७



मंसिर ११,दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो ।

विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो । 

कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा बितरण गरी झलमल्ल बनाउने अठोटका साथ काम गरिएको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादव बताउनुहन्छ ।

हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष सद्दाम सिद्धिकिले जानकारी दिनुभयो ।

कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा विद्युत आपुर्ति गर्न हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको अध्यक्ष सिद्धिकिले बताउनुभयो ।

हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौदेखि झेल्दै आएको समस्या अव समाधान हुने भन्दै कोईलाबासका स्थानिय उत्साहित छन् । बिजुली उत्पादन हुँदा यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताउनुभयो ।

विद्युत उत्पादन भएपछि करीव २५० घरधुरी लाभान्बित हुनेछन । हावाबाट विद्युत उत्पादन गर्ने काम सफलतापूर्बक सम्पन्न गर्न सके यस ठाँउका नागरीकहरु लाभान्वीत हुन्छन् भन्नेमा दुई मत छैन ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post