संसदीय मामिलामा रिपोर्टिङ गर्ने पत्रकारलाई तालिम !

 कोरखबर   ११ मंसिर, २०७७



मंसिर ११,काठमाडौं । पत्रकार महिलाका लागि संसदीय मामिला रिपोर्टिङसम्बन्धी दुईदिने तालिम दिइएको छ । तालिम मंगलबार र बुधबार चलेको थियो ।

कार्यक्रममा प्रशिक्षक जगत नेपालले संसद्‌को रिपोर्टिङ गर्ने तरिका, रिपोर्टिङ गर्दाका चुनौतीलगायत विषयमा जानकारी दिएका थिए । यस्तै संसदीय मामिला पत्रकार तथा न्युज एजेन्सी नेपालकी प्रधान सम्पादक कृष्णा पौडेलले संसदीय समाचार संकलनमा लैंगिक मुद्दा प्राथमिकताबारे बताएकी थिइन् ।

यस्तै सम्पादकले रिपोर्टरबाट कस्ता समाचारको अपेक्षा गर्छन् भन्‍ने विषयको सम्पादक र पत्रकारबीच भएको छलफलमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, ई-कागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापा र डब्लूडब्लूजेकी उपाध्यक्ष निर्मला आचार्यले आफ्ना धारणा राखेका थिए ।

तालिममा संसदीय पत्रकारिताका आधारभूत पक्षहरू, राजनीतिक इतिहास र ज्ञान, मर्यादा, सम्बन्ध, संविधानसभा र संघीय संसदको भिन्नतालगायत विषयमा छलफल भएको थियो ।

तालिममा सातै प्रदेशका पत्रकार महिलाहरुको सहभागिता थियो । कार्यक्रम जुम एपमार्फत भर्चुअल रुपमा गरिएको थियो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post