बजारमा आए ५ र १० रुपैयाँका नयाँ नोट !

 कोरखबर   १० मंसिर, २०७७



मंसिर १०, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्र बैंकले पहिलेकै आकार र रंगमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थ/३४ ०००००१ देखि न‌/५४९९९९९९ सम्म राखेर बजारमा पठाएको जनाएको छ ।

पाँच रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ । 

यस्तै १० रुपैयाँको नोट पनि पहिलेकै रंग र आकारमा संकेत नम्बर ढ/८२ ०००००१ देखि  द/४५ ९९९९९९ सम्म राखेर बजार पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटमा पहिले जस्तै अग्रभागको दायाँतर्फ लालीगुराँसको पानी छाप बायाँतर्फ सगरमाथा, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post