मंसिर १०,चितवन । चितवन प्रहरीले यो साता ५० बिघामा लगाइएको गाँजा नष्ट गरेको छ ।
राप्ती नगरपालिका ११, १२ र १३ मा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।
जिल्लाका विकट ठाउँमा गाँजा खेती हुँदै आएको तर खेती गर्ने व्यक्ति भने नभेटिने गरेको प्रहरीको भनाइ छ ।