मलेसियामा गैरकानुनी रुपमा बसेका ९ नेपाली पक्राउ !

 कोरखबर   १० मंसिर, २०७७



१० मंसिर ,काजाङ । मलेसियाको अध्यागमन विभागले गैरकानुनी रुपमा बसेका ९ नेपालीसहित १४१ जनालाई पक्राउ गरेको छ ।

मलेसियाको काजाङस्थित एक अपार्टमेन्टमा त्यहाँको अध्यागमन विभागले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । आवासीय अनुमति सकिएर गैरकानुनी रुपमा बसेकाहरुलाई नियन्त्रणमा लिईएको विभागले जनाएको छ ।

इन्डोनेसियाका ६५ म्यानमारका ५९ नेपाली ९ जना र अन्य देशको ८ जनालाई पक्राउ गरिएको अध्यागमन विभागका उप महानिदेशक मोहम्मद फौजी मोद ईसाले बताए । उनीहरुलाई अहिले डिटेन्सन सेन्टरमा राखिएको विभागले जनाएको छ। उनीहरुको परिचय भने खुलाईएको छैन ।

मलेसियामा गैरकानुनी आप्रवासीहरूलाई काममा लगाउने ३७६ रोजगारदाता कम्पनीलाई पनि कारबाही गरिएको फौजीलाई उदृत गर्दै त्यहाँबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ । गैरकानुनी आप्रवासी सम्बन्धी सूचना भएकाहरूलाई पनि सकेसम्म चाँडो विभागमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । —फाईल फोटो 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post