दोहोरो नागरिकता लिएका सापकोटा पक्राउ !

 कोरखबर   १० मंसिर, २०७७



मंसिर १०, बाग्लुङ – दोहोरो नागरिकता बनाएको आरोपमा बागलुङ नगरपालिका–६ का पंकज सापकोटालाई पक्राउ गरेको छ। प्रहरीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो।

सापकोटाले आफ्नो अभिभावकको नामबाट नागरिकता लिइसकेपछि बाग्लुङ–४ का अर्कै आमाबाबु खडा गरेर पनि नागरिकता लिएको आरोप छ।

उनले दोहोरो नागरिकता लिएको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। उनको नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्ष ध्रुबबहादुर केसीले भने कागजात पुगेकोले सिफारिस गरेको प्रष्टीकरण दिएका छन्। 

गलत काम गर्नेलाई भने कारवाही हुनुपर्ने उनले बताए। अदालतले जो जसलाई दोषी देखाउँछ सोहीअनुसारको कारवाही हुने श्रेष्ठले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post