दुर्घटनामा परि एक जनाको मृत्यु !

 कोरखबर   १० मंसिर, २०७७



मंसिर १०,बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ मा दुई सवारी दुर्घटना भएका छन्। मंगलबार राति आधा घण्टाको अन्तरमा पिकअप जिप र ट्याक्सी दुर्घटना भएका हुन्। दुर्घटनामा ट्याक्सी चालक बडिगाड गाउँपालिका–९ का २२ वर्षीय नहकुल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार भीमगिठेबाट बुर्तिबाङका लागि जाँदै गरेको लु२च ९१९९ नम्बरको पिकअप र ध१ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका(२ तुरतुरे तालनजिक दुर्घटना भएका हुन्।

दुर्घटनामा पिकअप जिप चालक बडिगाड गाउँपालिका–९ वर्ष २२ का किरण केसी सामान्य घाइते भएका छन्। दुर्घटनाको कारण खोज्न प्रहरी घटनास्थलमा पुगेको सूचना अधिकारी रेग्मीले बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post