घाँटीमा ढु‌ंगा अड्किएर बालकको मृत्यु !

 कोरखबर   १० मंसिर, २०७७



मंसिर १०,कञ्चनपुर । घाँटीमा ढुंगा अड्किँदा बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको मृत्यु भएको छ। उनको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।

घर आँगनमा खेल्ने क्रममा ढुंगा मुखमा हाल्दा घाँटीमा अड्किको हो। स्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पताल पुर्‍याए पनि ढुंगा झिक्न सम्भव नभएपछि कैलालीको धनगढीतर्फ लगिएकोमा उपचारका क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post