बैतडीमा जिप दुर्घटना ,५ जनाको मृत्यु !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको छ । घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post