गुडिरहेको सफारीबाट लडेर चालकको मृत्यु !

 कोरखबर   ९ मंसिर, २०७७



मङ्सिर ९,विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गुडिरहेको सिटी सफारीबाट लडेर मंगलबार दिउँसो चालकको मृत्यु भएको छ । विराटनगरबाट मिलनचोकतर्फ जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अचानक लडेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डलको ज्यान गएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लडेका बेला चालक आफैले सफारी चलाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घटना भएका बेला सफारी भने खाली थियो । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । तर सफारी भने सडकमै रोकिएको थियो । घटनापछि स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका थिए । अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको स्थानीयले प्रहरीलाई बताएका छन् ।

उनको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा खुट्टा सफारीमै अड्किएको र शरीर भुइँमा ढलेको अवस्थामा चालकलाई मृत फेला पारिएको एसपी खड्काले बताए । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post