सल्यान सदरमुकाम एक साताका लागि सिल !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, सल्यान । १० जनामा कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानको सदरमुकाम खलंगा एक साताका लागि सिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म खलंगा बजार र आसपासको क्षेत्र सिल गरेको हो।  जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी, फलफूल लगायतका व्यवसाय बिहान ८ देखि ९ः३० सम्म खोल्न सकिने जनाएको छ।

अन्य समयमा आवातजावत गरेको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ। 

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post