म्याग्दीका पुनसंग मीत लगाए मुख्यमन्त्री गुरुङले !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९,काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको अन्‍नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनसँग मितेरी साइनो जोडेका छन् ।

मुस्ताङका प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनका पिताको निधनमा श्रद्धाञ्जली दिन पुगेका मुख्यमन्त्री गुरुङ फर्किने क्रममा म्याग्दी बसेका थिए । सोही क्रममा उनले काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षसँग मितेरी साइनो गाँसेका हुन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले यसको पुष्टि गरे ।

‘‘पहिलादेखिको योजना होइन, हामीलाई थाहा थिएन, हिजो जाँदा अनुहार मिल्ने भनेर टाउको ठोक्काउने काम भयो,’’ पुनले भने । मुख्यमन्त्री गुरुङ जिल्लामा आएको अवसरमा एक–अर्काले टीका र माला लगाएर ‘मित’ साइनो जोडिएको गाउँपालिका अध्यक्ष पुनले बताए ।

उनीहरुले एक–अर्कालाई टोपी लगाइदिएका थिए । मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्षले टीका र माला एक–अर्कालाई लगाउनुको साथै केक समेत काटेर खुसीयाली साटासाट गरिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post