हतियार सहित एक पुरुष पक्राउ !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९,काठमाडौं । मोरङ प्रहरीले हतियार सहित एक जनालई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी मानबहादुर राईको कमाण्डमा खटिएको टोलीले मिक्लाजुङ गाउँपालिका वडा नम्वर १ बाट ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

घरमा राखेको टोटा बन्दुक (१२ बोर) एक थान र खाली केही खोका र बारुद समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post