कोरोना संक्रमित मन्त्रीलाई हेलिकप्टरमा काठमाडौं ल्याईयो !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, हेटौंडा । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको छ ।

कोरोना भाइरस संक्रमणका कारण हेटौंडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको सचिवालयले जनाएको छ ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान उनलाई काठमाडौं ल्याईएको हो । उनको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिनेछ ।

यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कोरोना संक्रमण भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं ल्याईएको थियो । मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त भइसकेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post