सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, काठमाण्डौ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रका पहाडी जिल्लामा हल्का हिमपात हुने अनुमान छ । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेकका ठाउँमा पनि मौसम आंशिक बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।

यस्तै चिसो बढ्न थालेसँगै तराईका जिल्लालगायत अन्य केही ठाउँमा बिहानको समयमा पातलो कुहिरो लाग्न थालेको छ । मौसमविद्ले बिहान सबेरै गाडी चलाउने, कामका लागि हिँड्ने र मर्निङवाकमा निस्कनेलाई दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post