चिसो बढेपछि बेँसी सारिन थाले भेडीगोठ !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, रुकुमपूर्व । रुकुमपूर्वमा भेडा गोठाला बथानसहित बेँसी झर्न थालेका छन् ।

पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडा गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेँसीतिर झरेका हुन् । भेडाका बथानसहित उनीहरु रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ र सुर्खेतलगायतका ठाउँमा झरेका हुन् ।

चिसोका कारण भेडा बाँच्न नसक्ने भएपछि यो बेला न्यानो ठाउँ खोज्दै बेँसीतिर झर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १० का विकास बुढामगरले बताउनुभयो । दुई जनाले ५ सयभन्दा बढी भेडाको बथान हेर्ने गरेको पनि उहाँले बताउनुभयो । आउँदो फागुनको अन्तिमसम्ममा जता चरण क्षेत्र छ, त्यतै भेडा डुलाउने र चैत्रको महिना मात्र पुन गाउँ फर्कने उहाँले बताउनुभयो ।

चार महिनालाई पुग्ने रासन भेडालाई बोकाएर बेँसी झारेको अर्का ठाकम घर्तिमगरले बताउनुभयो ।  एकै ठाउँमा बसेर भेडा पाल्न सक्ने अवस्था नभएपछि घुमन्ते बनेर भेडापालन व्यवसाय गर्नुपर्ने बाध्यता रहेको पुथाउत्तररगङ्गा गाउँपालिकाका अर्का उमेश बुढाले बताउनुभयो ।

रुकुमपूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । लुम्बिनी प्रदेश सरकारले पुथाउत्तरगङ्गा गाउँपालिकामा भेडा स्रोतकेन्द्र स्थापना गर्ने योजना बनाएको छ । –फाईल फोटो 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post