भाषणमा ठूला कुरा गरेर सुशासन हुन्न : गोकुल बाँस्कोटा

 कोरखबर   ८ मंसिर, २०७७



मंसिर ८, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए । “भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन ।” उनले भने ।  

नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बाँस्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्धत रहेको बताए । “हामी सुशासन चाहन्छौँ, भाषणमा कुर्लने हैन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस् ।” उनले भने । यसअघि उनले विद्यालयमा स्थापित आइसिटी ल्याबको उद्घाटन गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post