मुकेश चौरसिया हत्याका मुख्य अभियुक्त पक्राउ !

 कोरखबर   ८ मंसिर, २०७७



मंसिर ८,पर्सा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विन्दवासिनी गाउँपालिका ५ मा कात्तिक ६ गते सेलर मिलको भवनमा ने.क.पा विन्दवासीनी गाँउपालिका कमिटिद्वारा सपथ ग्रहण गराउने क्रममा दुई पक्षवीच झडप हुँदा चौरसियाको हत्या भएको थियो । बाँस प्रहारबाट घाइते भएका ३४ वर्षीय मुकेशको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

उक्त घट्नाका मुख्य प्रतिवादी रहेका जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.३ ईटियाही बस्ने सुरेश प्रसाद बरईका ३८ वर्षीय छोरा अशेसर प्र चौरसिया फरार फरार थिए ।

हत्या गरेको एक महिनादेखि बीरगंज म.न.पा. वडा नं. २५ स्थित अलौ सिर्सियामा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौरसियामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post