लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ५ जना पक्राउ !

 कोरखबर   ८ मंसिर, २०७७



मंसिर ८,काठमाडौं । अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–८ अर्बेङ बस्ने ६० वर्षीय चित्र बहादुर शाही करिब ४ केजी ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार दिउँसो पक्राउ परेका हुन् ।

शाहीको घरमा अवैध लागूऔषध गाँजा लुकाई राखेको छ गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनलाई पक्राउ गरेको बताएको छ ।

त्यस्तै, झापा, मेचीनगर नगरपालिका–७ सिद्धार्थ टोलबाट २८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त टोल डेरा गरी बस्ने सिताराम आङदाम्बे तथा उनकी श्रीमती मनिषा मगर, सुनसरी धरान उपमहानगरपालिका(५ बस्ने २४ वर्षीय कल्याण राई र सोही उपमहानगरपालिका–१६ बस्ने २४ वर्षीय रिजन लकान्द्री रहेका छन् ।

सिताराम र मनिषाले लागूऔषध ब्राउन सुगर किनबेच गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा को।३५ प ७०१६ नम्बरको मोटरसाइकल चढी जान लागेका कल्याण राई र रिजन लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ तथा सिताराम र मनिषाको कोठाबाट १३ ग्राम ब्राउन सुगर जस्तो पदार्थ, नगद १ लाख ३३ हजार रुपैयाँ र मोबाइल ३ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको बताएको छ । साथै उक्त मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post