४३ किलो गाँजासहित एकजना पक्राउ !

 कोरखबर   ८ मंसिर, २०७७



मंसिर ८, हेटौडा । मकवानपुरमा ४३ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।  प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ७ का २३ वर्षीय तीर्थराज चेपाङलाई आइतबार राति पक्राउ गरेको हो।

उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो। चेपाङलाई मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार चेपाङको साथमा कालो झोला, जेब्रा झोला र प्लास्टिकका बोरा थिए।  शंका लागेर प्रहरीले हेर्दा गाँजा फेला पारेको हो। 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post