मंसिर ८, काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट समानुपातीक सांसद भएका मोहनप्रसाद पाण्डेको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा उनलाई शपथ गराउँने कार्यतालिका छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डे कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा नियुक्त भएका हुन् ।