सुरक्षा निकायका प्रमुखसंग प्रधानमन्त्रीको छलफल !

 कोरखबर   ७ मंसिर, २०७७



मंसिर ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित छलफल मात्रै भएकोले यस्तो छलफलको विषयमा बाहिर सार्वजनिक नगर्ने गरिएको बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post