बालिकामाथी जबरजस्ती करणीको आरोपमा युवक पक्राउ !

 कोरखबर   ७ मंसिर, २०७७



मंसिर ७, बागलुङ — घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

काठेखोला गाउँपालिकाका २६ वर्षीय भुवन केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । गत शुक्रबार बेलुकी केसीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । बालिकाले रोइकराइ गरेपछि परिवारका सदस्यले थाहा पाएका थिए । परिवारका सदस्यहरु बालिकाको उद्धारमा पुग्दा ती युवक भागेको पीडितका आफन्तले बताए ।

अभिभावकले तत्कालै खबर गरेपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रहरीले केसीलाई आइतबार जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ । ‘परिवारका सदस्यले दबाब आयो पनि भनिरहनु भएको छ, हामीले कानून बमोजिम कारबाही गर्छौं,’ रेग्मीले भने, ‘पीडितलाई समस्या आएमा थप सुरक्षा दिन पनि प्रहरी तयार छ ।’

पक्राउ परेका युवालाई म्याद थप गरेर अनुसन्धान र कारबाही पक्रिया अगाडि बढाइने उनले बताए । पीडित बालिकाको स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरिसकिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post