ओली र देउवाबीच तीन घन्टा भेटवार्ता , विषय गोप्य !

 कोरखबर   ७ मंसिर, २०७७



मंसिर ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भेटघाट चलिरहेको छ । शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल र भेटवार्ता गरेका छन् ।

भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ ।

कांग्रेस शीर्ष नेताहरुसँगको भेटघाटलाई नागरिक अगुवा, पत्रकार साथै विश्लेषकहरुले विभिन्नखाले टिप्पणीहरु गरिरहेका छन् । नेकपाभित्र विग्रह सुरु भएपछि सत्ता सहयात्राका लागि भेटवार्ता भएको पनि भनिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपाली कॉग्रेसले प्रधानमन्त्री ओलीको नेकपा समूहसॅग साझेदारी गर्नसक्ने संभावनाका संकेतहरु देखापरेको बताएका छन् ।

उनले नेकपा भित्र लोकतन्त्रको सबालमा प्रचण्ड(माधव गुटभन्दा ओली गुट उदार हो कि भन्ने लागेको देखियो। तर विगत तीन वर्षमा लोकतन्त्रका मूल्यहरुमा ओली समूह र स्वयम् कॉग्रेस पनि चुकेको पनि दाहालले ट्वीटरमा लेखेका छन् ।

देउवासँग शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

यद्यपी, ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएका थिए । ओलीले देउवासँग संवैधानिक नियुक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, भागवण्डामा कुरा मिल्न सकेको छैन ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post