सप्तरीमा करेन्ट लागेर जंगली हात्ती म¥यो !

 कोरखबर   ७ मंसिर, २०७७



मंसिर ७, सप्तरी । जिल्लाको कञ्चनरूप नगरपालिका–५ परेमारामा एउटा जंगली हात्ती मृत फेला परेको छ।

करेन्ट लागेर मरेको अवस्थामा परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती फेला परेको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिए।

पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो।

नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएको हात्ती गाउँमा मृत अवस्थामा भेटिएको उनको भनाई छ । हात्तीको शरीरको भारले बिजुलीको तार किचिएर पोलसमेत झुकेको उनले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post