गाईको बाछो काटेर खाएको अभियोगमा चार जना पक्राउ !

 कोरखबर   ६ मंसिर, २०७७



मसिर ६, झापा । गाईको बाछो काटेको आरोपमा प्रहरीले झापाको दमकबाट चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले उनीहरूलाई पक्राउ गरेको हो। गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको अबस्थामा शुक्रबार बेलुका प्रहरीले ती चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दमक ७ का २० वर्षीय बब्लु अली, सोही ठाउँका ४२ वर्षीय ढकराज रामदाम, २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदी रहेका छन्। उनीहरुले बिहीबार बेलुका नै बाछो काटेको खुल्न आएको प्रहरीले जनाएको छ।

बाछो काटेर केही मासु खाइसकेर केही मासु घरमा लुकाईराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए। उनीहरुबाट १० केजी मासु बरामद भएको छ। उनीहरूमाथि गौहत्याको अभियोग लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post