संसद विघटन गर्ने ओलीको प्रस्ताव भण्डारीद्धारा अस्वीकार !

 कोरखबर   ६ मंसिर, २०७७



मंसिर ६, काठमान्डौ । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद अहिले चरम उत्कर्षमा छ । नेकपाका शीर्ष नेताहरुबीचको शक्ति संघर्षका कारण निस्किएको विवादले कुन मोड लिन्छ भन्ने यसै अनुमान गर्न नसकिने भएको छ । नेकपा विघटनको फुटमा पुगेको अनुमानसँगै पछिल्लो समय राजनीतिक वृत्तमा संसद विघटन त हुने होइन भन्ने अनुमान पनि गर्न थालिएको छ ।

त्यसो त संसद विघटन गर्ने र मध्यावधि निर्वाचनमा जाने प्रस्ताव बोकेर प्रधानमन्त्री केपी शर्मा ओली ३ मंसिर २०७७ अर्थात् गत मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको स्रोतको दाबी छ । तर, उनले लगेको यो प्रस्तावलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरिदिएकी छिन् ।

मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । प्रचण्ड राष्ट्रपति निवासबाट बाहिर निस्किए लगत्तै शीतल निवास पुगेका थिए, प्रधानमन्त्री केपी शर्मा ओली । त्यो दिन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झन्डै डेढ घन्टा छलफल भएको थियो ।

स्रोतका अनुसार त्यस भेटमा प्रधानमन्त्री ओलीले अबको विकल्पका रुपमा संसद विघटन गर्ने र अगाडि बढ्ने बताएका थिए । तर, संसद विघटन गर्दा आफ्नो र यो सरकारको छवि थप धुमिल हुने भन्दै राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिइन् ।

‘संसद विघटन गर्ने, कोरोना महामारीको कारण देखाएर देशमा संकटकाल लगाउने र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्ताव थियो,’ ओलीनिकट स्रोतको दाबी छ, ‘तर, राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरिदिनुभयो । अहिले संसद विघटन गरेर गए देशलाई पनि बेफाइदा हुने र आफूहरुको छविमा पनि आँच आउने तर्क उहाँको थियो ।’

राष्ट्रपति भण्डारीले अहिले संसद विघटन गर्नुभन्दा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर अगाडि बढ्नु ठिक हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिएको स्रोत बताउँछ ।

त्यहीअनुसार प्रधानमन्त्री ओलीले नेकपाका केही सांसदलाई विभिन्न प्रस्ताव पनि राखेका छन् । तर, उनले कुराकानी गरेका केही सांसदहरुले आफूहरु पार्टी विभाजनको पक्षमा नलाग्ने जवाफ दिएका छन् । यसले प्रधानमन्त्री ओली केही हच्किएको हुनसक्ने उनीनिकट एक नेताले बताएको फरकधारमा खबर छ । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post