सालकको खपटासहित उदयपुरमा एक जना पक्राउ !

 कोरखबर   ५ मंसिर, २०७७



मंसिर ५,काठमाडौं। उदयपुरमा सालकको खपटासहित एक जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–११ पीपल चोकबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपटा (आखेटो पहार) सहित ४१ वर्षीय पहलमान कटुवाल पक्राउ परेका हुन्।

उनी सोही नगरपालिकाको वडा नम्बर–१४ टोड्केका हुन्। बिहीबार दिउँसो साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध बन्यजन्तु चोरी सिकारी सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post