गेष्ट हाउसमा बसेकी युवतीको कोठाबाट लागूऔषध बरामद !

 कोरखबर   ५ मंसिर, २०७७



मंसिर ५,काठमाडौं। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको निसी भलकोट सन्दीप गेष्ट हाउसको १ नम्बर कोठाबाट १० किलो लागूऔषध जस्तो देखिने कालो पदार्थ प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले युवती बस्ने उक्त कोठाको चाबी फुटाई कोठामा खोजतलास गरेको थियो। सो क्रममा लागूऔषध जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

कालो पदार्थ फेला परेको कोठामा २८ वर्षीया रमिता घर्तीमगर बस्थिन्। उनी रूकुमको महिकोट गाउँपालिका–२ कि हुन्। प्रहरीका अनुसार रमिता फरार छिन्। उनको खोजी कार्य प्रहरीले गरिरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post