महासंघको निर्वाचन : ६३ पदका लागि १२७ जनाको मनोनयन दर्ता !

 कोरखबर   ५ मंसिर, २०७७



५ मंसिर, काठमान्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली प्रकाशित भएको छ । महासंघले बिहीबार राति आसन्न निर्वाचनका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरेको हो ।

महासंघले प्रकाशित गरेको सूचना​मा विभिन्न क्षेत्रको गरी ६४ पदका लागि १२७ जनाले मनोनयन दर्ता गराएका छन् ।

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ  भने वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ तथा एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र संघई र सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी जिल्ला नगरतर्फको खुला केन्द्रीय सदस्यको १८ पदका लागि ३८ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशतर्फको केन्द्रीय सदस्यको ७ पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । १ नम्बर प्रदेशमा वरिष्ठ उपाध्यक्ष​ ढकाल पक्षका उम्मेदवार राजेन्द्र राउतको मात्रै आवेदन परेकाले उनी निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै संस्थापक सदस्यतर्फको १ पदका लागि ३ जनाले आवेदन दिएका छन् ।

यसैगरी वस्तुगततर्फको १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एशोसिएट्सतर्फको १९ पदका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै द्विराष्ट्रियतर्फ ढकाल प्यानलबाट सन्दीप अग्रवालको मात्रै आवेदन परेकाले उनी पनि निर्विरोध निर्वाचित भैसकेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post