वडाध्यक्ष मृत अवस्थामा फेला !

 कोरखबर   ५ मंसिर, २०७७



मंसिर ५, महेन्द्नगर । कञ्चनपुरमा एकजना वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष मृत फेला परेका हुन् ।

बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार उमेरले ५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार वडाध्यक्ष रोकाया शुक्रबार बिहान ७ बजेतिर घरबाट निस्किएका थिए । घरबाट निस्किएका वडाध्यक्ष रोकायालाई बिहान साढे १० बजे मृत भेटिएको डीएसपी थापाले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post