लुटेराले कब्जा गरे आईफोन बोकेको ट्रक, ५० लाख पाउण्डको सामान लुटपाट !

 कोरखबर   ५ मंसिर, २०७७



मंसिर ५, काठमाडौं । एप्पल कम्पनीको सामान बोकेको ट्रकलाई रोकेर लुटेराहरुले ५० लाख पाउण्ड अर्थात् ७८ करोड ५८ लाख नेपाली रुपैँया बराबरको आईफोन, एयरपड, एप्पल वाच लगायतका ग्याजेट लुटपाट गरेका छन् ।

लुटपाटको सो घटना मंगलबार बेलायतको नर्थह्याम्पटनशायरको साउथबाउण्ड स्लिप रोडमा भएको थियो । लुटेराहरुले ट्रक रोकेर ड्राइभरलाई बाँधी त्यहाँ ४८ वटा र्‍याकमा रहेका एप्पलका सबै सामान चोरी गरेका थिए ।

लुटपाट भएको मालबाहक ट्रकभित्र आईफोन इलेभेन एस, एयरपोड तथा एप्पल वाचहरु रहेको बताइएको छ । लुटेराहरुले नियन्त्रणमा लिएको उक्त ट्रकलाई क्रिकस्थित इल्डोन क्लोजमा पुर्‍याएर तेस्रो गाडीमा सबै सामानहरु राखिएको प्रहरीको आशंका छ । —एजेन्सी।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post