निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने ३ जना किशोर पक्राउ !

 कोरखबर   ४ मंसिर, २०७७



मंसिर ४,काठमाडौं । निकिशा श्रेष्ठलाई सडकमा जिस्क्याउँदै हैरान पार्ने र भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने ३ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनामा संलग्न १९ वर्षीय सफिल खत्री, १८ वर्षीय विशेष जोशी र अर्का एक किशोरलाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् । 

महानगरीय प्रहरी परीसर भक्तपुरका इन्सपेक्टर सुदन केसी नेतृत्वको टोलीले उनीहरुलाई दुधपाटी र भक्तपुर–२ टौमढीबाट पक्राउ गरेको हो ।  मंसिर २ मा भक्तपुर नगरपालिका–१ स्थित सडकमा निकिशालाई तीन जना मिलेर दुर्व्यवहार गरेका थिए । 

सफिल खत्रीले चलाएको स्कुटरको पछाडि बसेर भक्तपुर–५ तौमडी घर भएका १६ वर्षीय किशोरले लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरेर भिडियो बनाएका थिए । सो भिडियो विशेष जोशीले टिकटकमा अपलोड गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

निकिशालाई सार्वजनिक सडकमा लैंगिक विभेद गर्ने किशोरहरुबारे थप अनुसन्धान र कारवाही प्रक्रिया शुरु गरिएको एसपी थापाले बताइन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post