प्रदेश बाल सहभागीता सम्बन्धी कार्यविधि हस्तान्तरण !

 कोरखबर   २८ कार्तिक, २०७७



कार्तिक २८, काठमाडौं । लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयको नेतृत्व तथा बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) र सिविन नेपालको प्राविधिक सहयोगमा लुम्बिनी प्रदेश बाल सहभागीता सम्बन्धी कार्यविधि २०७७ को अन्तिम मस्यौदा सामाजिक विकास मन्त्री सुदर्शन बराललाई बिहीबार हस्तान्तरण गरिएको छ ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सहजीकरण गरेका कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयको महाशाखा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, प्रदेशस्तरीय बाल क्लब संजालका प्रतिनिधिको उपस्थिति रहेको थियो।  कार्यक्रममा मन्त्री बरालले बाल सहभागीता सम्बन्धी कार्यविधिको मस्यौदालाई मन्त्रालयका सम्बन्धित व्यक्तिहरूसँगको छलफलमा छिटै अन्तिम रूप दिइने जानकारी गराए।

कार्यक्रममा सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराईले प्रस्तुत बाल सहभागीता सम्बन्धी कार्यविधिले विगतमा प्रदेशमा भएका बाल सहभागिताका राम्रा अभ्यासहरूलाई निरन्तरता दिने बताए। यससँगै परिवर्तित सन्दर्भमा बाल सहभागिता प्रवद्र्धन गर्न प्रदेश सरकारको दायित्व र सरोकारवाला निकायहरूको जिम्मेवारी के रहन्छ भनी बुझ्न सबैलाई सजिलो हुने उनले विश्वास व्यक्त गरे।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post