काँग्रेस केन्द्रीय समिति बैठक आजै बस्ने !

 कोरखबर   २८ कार्तिक, २०७७



कार्तिक २८ , काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ । पटक पटक विविध कारणले स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो ।

दिउँसो १ बजे सानेपामा समितिको बैठक बस्ने काँग्रेस केन्द्रीय कार्यालयलले जनाएको छ । बिहीबार बस्ने भनिएको बैठक संस्थापन र इतर समूहबीच सहमति नबन्दा शुक्रबारका लागि सारिएको थियो ।

क्रियाशील सदस्यता, गठन भएका विभागहरुको खारेजी, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले अधिवेशन नगरी महाधिवेशनमा प्रतिनिधित्व नपाउने, महाधिवेशनको सुनिश्चिततालगायत वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुझाएको १६ बुँदे ध्यानाकर्षणपत्रको सम्बोधन भएपछि मात्रै केन्द्रीय समिति बस्ने पौडेल समुहको अडान छ । यसैकारण पटक पटक मिति तोकिएर पनि काँग्रेस केन्द्रीय समिति बस्न सकेको छैन् ।

यसअघि पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुसहित सातपटक सम्म बसेको बैठकले पौडेल समूहले उठाएको अधिकाश विषयहरु सम्बोधन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । बैठकले महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्कालाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post