नियुक्तिहरू समावेशी बनाउन प्रधानमन्त्रीलाई छलफलमा बोलाउने सुनुवाई समितिको निर्णय !

 कोरखबर   २८ कार्तिक, २०७७



कात्तिक २८,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय सुनुवाई समितिले छलफलका लागि बोलाउने भएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितीको बैठकले मंसिर दोस्रो सातातिर प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

संवैधानिक तथा राजनीतिक नियुक्तिहरुमा समावेशिता र समानुपातिकताको प्रश्न उठेपछि संसदीय समितिले प्रधानमन्त्रीलाई छलफलका लागि बोलाउने भएको हो ।

सुनुवाई समितीका सभापति लक्ष्मणलाल कर्णका अनुसार आजको बैठकमा सांंसदहरुले सरकारले गरेका विभिन्न नियुक्तीहरु समावेशी र समानुपातिक सिद्धान्तमा नभएको बताएका थिए । यसअघि सरकारले समावेशी र समानुपातिकको सिद्धान्त अपनाउन नसकिने बताएको थियो ।

राजदूत तथा संवैधानिक आयोगका रिक्त पदमा एकैपटक नियुक्ति सिफारिस नगर्ने र सानो संख्यामा मात्रै नियुक्ति सिफारिस भएकाले समावेशी र समानुपातिक सिद्धान्त अपनाउन नसकिने सरकारको जवाफ थियो । अब बस्ने बैठकमा समावेशी र समानुपातिक नियुक्ति गर्न नसकिने कारणबारे प्रधानमन्त्री ओलीसँग छलफल हुनेछ ।

यसअघि पनि संसदीय सुनुवाइ समितिले प्रधानमन्त्रीलाई विभिन्न नियुक्तिको बिषयमा छलफल गर्न बोलाएको थियो । तर प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित गरेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post