बैतडी बस दुर्घटना : मृत्यु भएका ७ जनाको पहिचान खुल्यो !

 कोरखबर   २८ कार्तिक, २०७७



कातिक २८,धनगढी । बैतडीमा भएको बस दुर्घटनामा मृत्य भएका मध्ये ७ जनाको पहिचान खुलेको छ। दार्चुलाको गन्नाबाट कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

आठ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रणबहादुर चन्द रहेका छन्।

त्यस्तै अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुल्न सकेको छैन ।

मृतक मध्ये एक जनाको शव डडेल्धुरा अस्पताल र बाँकीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा ३४ जना घाइते भएका छन्।

घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही घाइतेलाई भने धनगढी रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post