रामेछापमा देउसी भैलो खेल्न रोक !

 कोरखबर   २७ कार्तिक, २०७७



कार्तिक २७, रामेछाप । तिहारको अवसरमा रामेछापमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा पटका, आतसबाजीलगायत विस्फोटक पदार्थको आयात, सञ्चय र प्रयोग तथा जुवातास खेल्ने र खेलाउने कार्यमा समेत निषेध गरिएको उल्लेख छ ।

जिल्लामा कोभिड–१९ को संक्रमणको दर बढिरहेको सन्दर्भमा प्रजिअ शर्माले चाडपर्व मनाउँदा जो जहाँ छ, त्यही मनाउनका लागि आग्रह गरिएको छ । यसैगरी मेला महोत्सव, जात्रा, खेलकुद र धार्मिक कार्यक्रममा समेत भिडभाड र जमघट र मदिराको बेचविखन र सेवन बेलुका ८ बजेपछि नगर्नसमेत सूचनामा आग्रह गरिएको छ ।

सूचनाको बर्खिलाप गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रमण ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post