बोत्तलले हानेर वृद्धको हत्या !

 कोरखबर   २७ कार्तिक, २०७७



कार्तिक २७  ,पोखरा – पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् ।

पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जुठ्ठे लामाले शुरसिंहलाई कात्तिक १५ गते बियरको बोत्तल प्रहार गर्दै कुटपिट गरेका थिए । गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भए पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post