आगलागीबाट १० लाख बराबरको क्षति !

 कोरखबर   २७ कार्तिक, २०७७



कार्तिक २७, खोटाङ । खोटाङमा आगलागी हुँदा साँढे १० लाख वरावरको क्षति भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगोलागी हुँदा भैंसी र बाख्रा जलेर मरेका छन् ।

बुधबार राति स्थानीय घनश्याम फुयाँलको गोठबाट सुरु भएको आगोले एउटा ब्याउने भैंसी र तीन वटा बाख्रा जले । आगोले जल्दा  अरु बस्तुभाउ घाइते भएका छन ।

गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत जल्दा करिब साँढे १० लाख बराबरको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो । भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको थियो । यद्यपी आगोलागीको कारण खुल्न सकेको छैन ।

जस्ताको छाना भएकोले घर भने जोगाइएको वडाध्यक्ष शिव फुयाँलले सुनाउनुभयो । वर्ष दिनअघि मात्र विद्युत सर्ट भएर माणिकलाल प्रधानको घरमा आगोलागी हुँदा सोही घरमा रहेको फुयालको स्टेशनरी पसल पूर्णरुपमा जलेको थियो । गत मंसिर ३० गते भएको आगलागीमा फुयाँलको १५ लाख बराबरको क्षति भएको थियो ।।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post