नक्कली फेसबुक बनाएर बालिकालाई दुःख दिने युवक पक्राउ !

 कोरखबर   २७ कार्तिक, २०७७



काठमाडौं, २७ कात्तिक । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर बालिकालाई दुःख दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोका अनुसार नाबालिकाहरुलाई अश्लिल सन्देश र तस्बिर पठाउने २० वर्षीय अखिल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–४ बस्ने नेपालीले केही बालिकाहरुलाई यौनजन्य, अश्लि सन्देश तथा तस्बिर पठाउने, बालिकाहरुको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोस्ट गर्दै अपमान गर्ने, हैरानी दिने काम गरेको प्रहरीको आरोप छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको भन्दै जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान सुरु गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post