जोखिम भत्ता नपाएपछि डाक्टरहरुको राजीनामा !

    २७ कार्तिक, २०७७



कात्तिक २७, बुटवल । कोरोना जोखिम भत्ता नपाएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् ।

अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ । तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एक मेडिकल अधिकृतले बताए ।

डाक्टरहरुले राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । तर उनीहरु काममा फर्केका छैनन् ।

मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा सेवा प्रभावित भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाएपनि मेडिकल अधिकृत काममा नफर्किँदा सेवा प्रभावित भएको बताए ।

काम छोडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post