मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु !

 कोरखबर   २७ कार्तिक, २०७७



कार्तिक २७, बर्दिया । मोटरसाइकल दुर्घटनामा परेर दाजुभाईको ज्यान गएको छ । दुर्घटनामा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरका २१ वर्षीय आशिष थारू र १९ वर्षीय सौरब थारूको ज्यान गएको हो ।

बुधबार राति करिव १० बजे पूर्व पश्चिम राजमार्गअन्तरगत बाँकेको मुगुवा खोला नजिकै मोटरसाईकल दुर्घटना परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ना ५५ प ९७५६को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका दाजुभाईको उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा मृत्युु भएको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post