रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो !

 कोरखबर   २७ कार्तिक, २०७७



कात्तिक २७,डोटी । उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्यान गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिनुभयो ।

राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post